घाम पावर नेपाल प्रा. लि. नेपालका किसानहरूलाई आधुनिक प्रविधिसँग जोड्दै उनीहरूको उत्पादनशीलता र आम्दानी बढाउने उद्देश्यले काम गर्दै आएको एक नवप्रवर्तनशील संस्था हो। “सुपर कृषक एप” मार्फत हामीले किसानहरूलाई आवश्यक कृषि जानकारी, सेवा र प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ। यस प्लेटफर्मले किसान र कृषि प्राविधिकबीचको दूरी घटाउँदै, समयमै सही जानकारी पुर्याउन र दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
यसै पहललाई अझ प्रभावकारी बनाउन र ग्रामीण क्षेत्रमा किसानहरूसँग प्रत्यक्ष काम गर्दै उनीहरूलाई आवश्यक प्राविधिक सहयोग पुर्याउने उद्देश्यका साथ हामीले लुम्बिनी तथा मधेश प्रदेशमा कृषि सेवा विस्तार, डिजिटल कृषि प्रवर्द्धन तथा किसानसँग प्रत्यक्ष समन्वय र कार्यक्रम संचालन गर्नका लागि Field Staff (JTA) पदमा कर्मचारीको लागि आवेदन माग गरेका छौँ ।
यो भूमिकामा रहने व्यक्तिले सम्भावित र हालका किसानहरू, विभिन्न साझेदार संस्था, कृषि सेवा दिने व्यक्ति/संस्था र सेल्स प्रतिनिधिहरूसँग नियमित रूपमा कुराकानी र समन्वय गर्नेछन्। साथै, Super Krishak App का सेवाहरू ग्रामीण किसानसम्म पुर्याउने र यसको प्रयोग बढाउन सक्रिय रूपमा काम गर्नुपर्नेछ।
यस पदमा काम गर्ने व्यक्तिले गाउँस्तरमा डिजिटल कृषि वितरणको नेटवर्क विस्तार गर्न पनि सहयोग गर्नुपर्ने हुन्छ। त्यसका लागि फिल्डमा रहेका किसानहरू, कर्मचारीहरु र व्यवस्थापन टोली साथै साझेदार संस्थासंग नजिकबाट मिलेर काम गर्नु यस जिम्मेवारीको महत्वपूर्ण हिस्सा हुनेछ।
भूमिका र जिम्मेवारीहरु
कृषि संयोजकलाई कृषिको बिस्तृत कार्य योजना बनाउन र कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने
- साझेदार वित्तीय संस्था संग सामाजिक परिचालक र समुदायलाई समूह गठन, परिचालन र खटाईएको क्षेत्रको कृषि सब प्रोजेक्टको कार्यहरु कार्यान्वयन गर्न सहयोग गर्ने
- डिजिटल कृषि सम्बन्धि तालिम, गोष्ठी र अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने
- समुदाय, सामाजिक परिचालक र अन्य सरोकारवालाहरुलाई कृषि डिजीटलीकरण सम्बन्धि अभुमुखीकरण गर्ने
- नियमित फिल्ड अवलोकन गरि लाभाम्बित वर्गहरुलाई प्राविधिक सहयोग र सुझाब प्रदान गर्ने
- कृषि संयोजकलाई आवश्यकता अनुसार बिभिन्न सरोकारवालाहरु संग संयुक्त अनुगमन बैठकहरु संचालन गर्न सहयोग गर्ने
- कृषि संयोजकलाई बिभिन्न डाटाबेस, सफलताका कथा र प्रतिवेदन तयार पार्ने सहयोग गर्ने
- आयोजनाका सबै संग नजिक रही योजना, कार्यान्वयन, अनुगमन र प्रतिवेदनका कार्यहरु गर्ने
- आगन्तुक/पाहुनाहरु र संस्थाका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको भ्रमणको आवश्यकता अनुसार प्रबन्ध गर्ने
- कार्य क्षेत्रका वित्तीय संस्था, सहकारी संस्था, नगरपालिका, एग्रो भेट, सेवा केन्द्र र सम्बन्धित व्यक्तिहरु संग बलियो सम्बन्ध कायम गर्ने
आवश्यक योग्यता:
- शैक्षिक योग्यताको हकमा कृषि प्राविधिक विषयमा नेपाल सरकारको मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट कम्तीमा १५/१८ महिने जेटिए कोर्ष या आई.एस.सी एजी.उत्तिर्ण भएको हुनुपर्नेछ ।
- कृषि विस्तार (Agriculture Extension) तथा डिजिटल कृषि तथा प्रविधिमार्फत किसान सेवा विस्तारमा रुचि भएको
- कृषि प्रविधि विकासको क्षेत्रमा समुदाय अन्तर्गत कृषक समुहसंग मिलेर काम गरेकोे अनुभवीलाई ग्राह्यता हुनेछ ।
- Field Program Coordination सम्बन्धी आधारभूत ज्ञान भएको
- स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता भएको
- राम्रो संचार तथा रिपोर्टिङ सीप भएको
- नेपाली भाषा तथा अन्य स्थानीय भाषा (मधेश प्रदेशको लागी मैथली) बोल्न र बुझ्न सक्ने
- राम्रो लेखन तथा बोल्ने क्षमता भएको
- सम्बन्धित प्रदेश तथा स्थानीय क्षेत्रको राम्रो बुझाइ भएको
अनिवार्य:
- प्रदेशभित्र जुनसुकै क्षेत्रमा यात्रा गर्न सक्ने
- फिल्डमा नियमित रूपमा काम गर्न इच्छुक
- किसानसँग प्रत्यक्ष काम गरेको अनुभव भएको
- Marketing तथा Community Mobilization मा अनुभव भएको
अन्य सीप:
- सामान्य कम्प्यूटर सिप Microsoft/Google Suite (Excel, Word, PowerPoint) चलाउन सक्ने
- कृषक समूहको क्षमता अभिवृद्धि तथा व्यवस्थापन गर्न सक्ने
- राम्रो पारस्परिक कौशलता भएको र समुदायमा बसी प्रभावकारी रुपमा सब प्रोजेक्टका कर्मचारीहरु संग समन्यवय गरि काम गर्न सक्ने
- कृषक समुदाय प्रतिको सम्मान तथा सम्बन्धित निकायसँग सहकार्य गर्न सक्ने
- स्वच्छ, मेहनती र आफ्नो पहलमा इमानदार, सिक्न चाहने र जवाफदेही
- स्व-प्रेरित र निगरानी बिना स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता
- ग्रामीण भेगमा लामो समयसम्म काम गर्न सक्ने, कठिन भौगोलिक क्षेत्रमा लामो समयसम्म हिँडडुल गर्न सक्ने क्षमता,अनुकूल बन्ने तत्परता
- वित्तीय संस्था, कृषि सहकारी संचालन तथा व्यवस्थापनमा ज्ञान भएको
काम गर्ने क्षेत्र:
मुख्य कार्यक्षेत्र मधेश प्रदेश रहनेछ । आवश्यकताअनुसार सम्बन्धित जिल्लाहरूमा यात्रा गरी किसान भेटघाट, कार्यक्रम समन्वय तथा Super Krishak सेवाहरू विस्तार गर्नुपर्नेछ ।
स्थानीय तथा Scooter वा Bike License भएको लाई विशेष प्राथमिकता दिईनेछ।
घाम पावर नेपाल प्रा. लि. समान अवसर दिने संस्था हो। यहाँ जात, लिङ्ग, धर्म, उमेर, वैवाहिक अवस्था वा कुनै पनि आधारमा भेदभाव हुँदैन। सबै आवेदकलाई उनीहरूको योग्यता अनुसार मात्र छनोट गरिन्छ। स्थानीय तथा सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई आवेदन दिन प्रोत्साहन गरिन्छ।
छनौट विधीः अन्तरवार्ता र प्रयोगात्मक ज्ञान जाँच ।
यस पदका लागि दरखास्त दिने कुनै निश्चित अन्तिम मिति तोकिएको छैन। प्राप्त दरखास्तहरूको निरन्तर मूल्याङ्कन गरिनेछ र पदपूर्ति नभएसम्म यो प्रक्रिया जारी रहनेछ।
आवेदन दिन:
तलको link मार्फत CV र Cover Letter upload गर्नुहोस् वा superkrishak@ghampower.com मा आफ्नो CV र Cover Letter पठाउनुहोस्।
केहि प्रश्न भएमा superkrishak@ghampower.com मा Mail गर्नुहोला!!